nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लागूऔषध गाँजासहित मकवानपुरबाट तीनजना पक्राउ

12-1618476537.jpg

 २३ किलो गाँजासहित हेटौंडाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुईजना महिला छन् ।

पक्राउ पर्नेमा अटोचालक हेटौंडा उपमहानगरपालिका–११ का ४० वर्षीय चतुरमान मोक्तान, अटोमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ की ४७ वर्षीया निर्मला तामाङ र सोही ठाउँकी ४७ वर्षीया माया तामाङ रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका–११ मा बुधबार ना १ ह ९०९९ नम्बरको अटो चेकजाँच गर्नेक्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेपछि अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई बिहीबार जिल्ला अदालत मकवानपुरबाट लागूऔषध मुद्दामा म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)