nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लागुऔषध गाँजा सहित मकवानपुरका दुई जना पक्राउ

ganja-1614675658.jpg

मकवानपुरका दुई युवा लागुऔषध सहित पर्साबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का १८ वर्षीय सुकराम तामाङ र सोही ठाउँकी १९ वर्षीया अस्मिता तामाङ रहेका छन् ।

पर्सागढी नगरपालिका–९ स्थित बडेर्वाबाट एकटाँगातर्फ जाने कच्ची सडकमा शंकास्पद ढंगले पैदल हिँडिरहेको अवस्थामा खानतलासी गर्दा लागूऔषध गाँजा फेला परेको हो । उनीहरुको शरीरमा प्लाष्टिकले बेरेको अवस्थामा दुई–दुई केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूलाई आर्थिक प्रलोभन दिई मकवानपुरबाट पर्सागढी गाँजा ल्याउन लगाउने व्यक्तिको पहिचान भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)