Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लयमा फर्कियो एमाले, वडादेखि केन्द्रसम्मको तीन महिने ‘टाइमलाइन’ (सूचीसहित)

IMG_20210824_221328-1629822541.jpg

नेकपा विभाजनसँगै विभाजित भएको नेकपा एमाले ८ महिनापछि लयमा फर्किएको छ । फागुन २३ को फैसालपछि पनि विभाजित अवस्थामै रहेको एमालेको माधव नेपाल समूहको मुख्य हिस्सालाई साथमा लिएर अध्यक्ष केपी शर्मा ओलीले वडादेखि केन्द्रसम्मका अधिवेशनहरुको मिति तय गरेका छन् ।

एमाले आफ्नो लयमा फर्किदा बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतको एउटा पंक्ति भने छुटेको छ । एमालेबाट विभाजित माधव नेपाल पक्षले नयाँ पार्टीको मान्यता पाउनुभन्दा एक दिन अगाडि नै ओलीले माधव समूहका मुख्य हस्ती १० जना स्थायी कमिटी सदस्यसहितको बैठकमा पार्टीको गति अघि बढाएका हुन् ।

विभाजनको असर तलसम्म पुग्दा सून्यमा पुर्याउने रणनीतिसहित पार्टीलाई अब वायुपंखी गतिमा दौडाउने निर्णय भएको सचिव पृथ्वीसुब्बा गुरुङले बताए । बैठकले विभाजनको प्रक्रियाबाट फर्केर पार्टीमा क्रियाशील हुन माधव नेपालसहित सबैलाई आग्रह गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

एमालेको स्थायी कमिटी बैठकले पार्टीका सबै संरचनाहरुलाई मूलभूत रुपमा २०७५ जेठ २ अघि फर्काएको छ । तर नेकपा एकताबाट एमालेमा निरन्तरता दिएका पूर्व माओवादी नेता कार्यकर्ताहरुको हकमा भने यथावत जिम्मेवारी दिएको छ ।

१० बुँदे सहमति कार्यन्वयनका सन्दर्भमा देखा पर्ने समस्या समाधान गर्न महासचिव ईश्वर पोखरेलसहितको सात सदस्यीय कार्यदल गठन गरेको छ भने माधव समूह छाडेका केन्द्रीय सदस्यहरुसहितको पहिलो बेठक भदौ १० गते बस्ने भएको छ ।

त्यस्तै यसअघि भदौ २७ र २८ मा तोकिएको विधान महाधिवेशन असोज ४,५ र ६ गते हुने भएको छ । कात्तिक ६ गते देशभरका वडा वा सो तहका अधिवेशनको मिति तय भएको छ भने कात्तिक ९ गते स्थानीय तहका अधिवेशन तोकिएका छन् ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म आयोजना हुने भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०