nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रुदानेको ८७ औं जन्मजयन्ती मनाइयो

Malaaaaaaaaaaa-1610287888.jpg

थाहा आन्दोलका प्रणेता दिवंगत रुपचन्द्र विष्ट ‘रुदाने’को ८७ औं जन्मजयन्ती तथा छैठौं थाहा दिवस मनाइएको छ । विष्टको जन्मथलो मकवानपुर थाहा नगरपालिकाको विकास घरमा दिवस बनाइएको हो । जन्म जयन्त्ीको अवसरमा शिखरकोटमा रहेको विष्टको पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवं थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थाहा नगरपालिकाबाट सम्पादन हुने हरेका काम रुपचन्द्र विष्टको मार्ग दर्शन अनुसार नै भईरहेको बताए । रुपचन्द्र विष्टको सिद्धान्तमा आधारित भएर कार्य गरेकोले पनि उनीप्रतिको सम्मान भएको प्रष्ट्याए । नगर प्रमुख विष्टले नगरपालिकाले ‘थाहा’ लाई नाममा मात्र नभएर काममा समेत देशै भर चिनाएको बताए ।  

थाहा नगरपालिका शिखरकोट स्थित विकास घर प्राङ्गणमा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले अहिले राजनिती गर्नेहरुले रुपचन्द्र विष्टबाट पाठ सिक्नुपर्ने बताए । स्वार्थमा लिप्त भएर गुट उपगुटका नाममा राजनितिलाई बदनाम गराउनेहरुले जनमत गुमाएको बताउदै थाहा नगरपालिकामा फरक सोचले गरेका समाजिक कार्यको प्रशंसा गरे । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता विष्णु बिष्ट आदर्शले रुदानेको जीवनीको चर्चा गर्दै हिजोका दलका भुमिकालाई अहिले आरोप प्रत्यारोपमा लागेर दल र नेताले ईतिहास बिर्सन खोजेको आरोप लगाए । 
 

रुपचन्द्र बिष्टका अनुयायी तथा स्थानीय समाजसेवी ज्योति रायमाझीले रुपचन्द्र बिष्टसँग बिताएका संस्मरणहरु सुनाउदै थाहा अभियान पनि एक राजनितिक अभियान भएकाले थाहा अभियानलाई युवा पुस्तामाझ लैजान पहल र प्रयत्न गर्नु पर्ने बताए । फरक सोच अभियानले गरेका सामाजिक कार्यले रुपचन्द्रलाई सम्मान गरेकोले खुसी व्यक्त गरे । 

कार्यक्रममा बोल्दै रुपचन्द्र स्मारक समितिका स्थानीय संयोजक बिमल विष्टले रुपचन्द्र विष्टका आदर्श कार्यान्यनमा जोड दिन पर्ने बताए ।  विर्खे अन्जानले अतिथिहरुलाई स्वागत गरेका थिए । फरक सोचका अध्यक्ष यादवजंग रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्ट, जिल्ला सदस्य लक्ष्मण विष्ट, थाहा नगर अध्यक्ष अरुण रायमाझी, नेपाली काँग्रेस थाहानगरकी सचिव राममाया खत्री, राष्ट्रिय जनमोर्चा थाहानगर अध्यक्ष दिनेश विष्ट लगायतकाको उपस्थिती रहेको थियो । 

कार्यक्रममा थाहा दिवसका अवसरमा आयोजित दोस्रो उपमेयरकप व्याडमिन्टर प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई पुरस्कार वितरण तथा फरक सोचको सामाजिक अभियानमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।