Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राष्ट्रिय जनमोर्चाद्वारा सरकारलाई दिएको समर्थन पनि फिर्ता

kc-chitra-1608561390.jpg

राष्ट्रिय जनमोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। ६ पुसमा बसेको पार्टी कमिटीको  बैठकले सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

राजमोका अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकाशित गर्दै  सरकारलाई दिएको नैतिक समर्थन फिर्ता लिएको जनाएका छन्।  राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेको कार्य असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी भएकाले पार्टीले त्यसको तीव्र विरोध र भत्सर्ना गरेको बताए। 

‘ओली नेतृत्वको सरकारलाई विगतमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौँ’ जनमोर्चाले विज्ञप्तिमा भनेको छ ‘प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल परिस्थिथितिका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ।’

संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएकोले यसबाट देश र जनताको हितमा काम हुन नसक्ने समेत जनमोर्चाले  दावी गरेको छ। तर, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता जस्ता प्राप्त सिमित अधिकार समेत गुम्न नदिन वर्तमान संसदीय व्यवस्थाको रक्षा गर्नुपर्नेमा जनमोर्चाको जोड छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०