nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राती १२ बजेबाट हेटौंडामा निषेधाज्ञा (के–के मा लाग्यो रोक सूचनासहित)

Hetauda-1597047004.jpg

हेटौंडासहित मकवानपुरका विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । मकवानपुरमा २५ साउनमा २३ जनामा कोरोना पुष्टि भएपछि प्रशासनले हेटौंडा र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा प्रजिअ दीपकराज नेपालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेटौँडा र मनहरीमा २६ साउन सोमबार राती १२ बजेबाट साउन ३२ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको जनाइएको छ । मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि नै प्रशासनले तराईबाट हेटौंडा भित्रने चुरियामार्य नाकामा कडाई गर्ने र ब्यूटीपार्लर, हेल्थ क्लब, सैलुन, होटल रेस्टुरेन्ट सञ्चालनमा प्रतिबन्ध लगाइसकेको छ ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)