palung-campus-1612448275.jpg
Saturday, 27th February, 2021
वि.स.

यस्तो छ, थाहानगरको कृषि प्रवद्र्धनात्मक कार्यक्रम

Anudan-online-1612360986.jpg

स्थानीय तहहरुले लोकप्रिय कार्यक्रमहरु सार्वजनिक गरिरहेका बेला मकवानपुर थाहा नगरपालिकाले कृषकहरुका लागि अनुदानका कार्यक्रमहरुलाई प्राथमिकताको साथ संचालन गरिरहेको छ । थाहा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि किसानहरुका लागि विभिन्न किसिमका अनुदानका कार्यक्रमहरु संचालन गरिरहेको कृषि विकास शाखा प्रमुख सञ्जय तिवारीले जानकारी     दिए । 

कृषिलाई आधुनिकीकरण तर्फ उन्मुख गर्नका लागि प्लाष्टिक टनेलमा खेती गर्नका लागि ५० प्रतिशत अनुदानमा सिल्पोलिन टनेल वितरणका लागि नगरपालिकाको कृषि विकास शाखाले ५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । यसका किसानहरुले थप ५ लाख रुपियाँ थपेर उक्त अनुदानको कार्यक्रम संचालन    गरिने कृषि शाखाले जनाएको छ । ‘यो अनुदानको कार्यक्रमको टेण्डर भैसकेको छ, लाभग्राही कृषक छनोट प्रक्रियामा छ,’–तिवारीले भने । 

किसानहरुका लागि ७५, ९० र १०० माइक्रोनको यु.भि.प्लाष्टिकमा पनि कृषि विकास शाखाले ५० प्रतिशत अनुदान दिने कार्यक्रम रहेको छ । यसका लागि कृषि विकास शाखाले ६ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । प्रमुख तिवारीले भने–‘यस कार्यक्रमको लागि प्लाष्टिक खरिदका गर्न टेण्डर भैसकेको छ, लाभग्राही कृषक छनोटको प्रक्रियामा रहेको छ ।’ त्यस्तै मल्चिङ प्लाष्टिकमा पनि शाखाले ५० प्रतिशत अनुदानको कार्यक्रम राखेको छ । यो कार्यक्रम १० लाखको बजेट व्यवस्था गरेकोमा नगरपालिकाले ५ लाख रुपियाँ अनुदान दिने व्यवस्था गरेको छ । 

नगरपालिकाले चालु आर्थिक वर्षमा सबैभन्दा बढि बजेट समेटेर नमुना टनेलमा ५० प्रतिशत अनुदानको कार्यक्रम ल्याएको छ । १ रोपनी क्षेत्रफलमा खेती गर्ने गरी यो कार्यक्रममा कृषकहरुका लागि कार्यक्रम ल्याएको शाखाले जनाएको      छ । यसका लागि ३० लाख ३० हजार रुपियाँ नगरपालिकाले अनुदान दिनका लागि बजेट व्यवस्था गरेको छ भने कृषकले पनि यति नै बजेट थप गर्ने कृषि विकास शाखाकी बालकुमारी भट्टराईले जानकारी दिइन् । कुल ५२ किसानहरुलाई यो कार्यक्रम प्रदान गर्ने भट्टराइले बताईन् । कृषकहरु टनेल खेतीतर्फ उन्मुख भएको बताउँदै  थाहा–१० की कृषि प्राविधिक कमला सुवेदीले भनिन्–‘पहिले–पहिले फाट्ट फुट्ट मात्र टनेल हुन्थे अहिले फाँटैभरी टनेल खेती बढेको छ ।’ ‘टनेल खेतीतर्फ उन्मुख भैरहेको चित्लाङको वडा नम्बर १० मा नमुना टनेल सहयोगबाट कृषकहरु थप लाभान्वित भएका छन्’, कृषि प्राविधिक सुवेदीले भनिन् । थाहा–१० मा मात्र १४ वटा नमुना टनेलमा कृषकहरुले खेती प्रारम्भ गरेका छन् । 

थाहा नगरपालिका कृषि विकास शाखाले फलफूलको विरुवामा पनि ५० प्रतिशत अनुदान दिने योजना अनुसार कार्यक्रम संचालन गरिरहेको छ । थाहानगरको कृषि विकास शाखाले किवी ३ हजार र जापनीज हलुवावेद ५ सय विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिसकेको कृषि प्राविधिक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार–‘१० हजार कागतीको विरुवा बाँड्न बाँकी छ ।’ प्राविधिक श्रेष्ठ भन्छन्–‘कागती सार्ने समय असारमा हो, त्यही बेला कृषकको माग अनुसार त्यो पनि वितरण गर्छौ ।’ थाहा नगरपालिकाले तरकारी नर्सरी स्थापना गर्ने दुई कृषकलाई पनि ५० प्रतिशत अनुदान वितरण गरेको छ । दुई कृषकलाई जनही १/१ लाख रुपियाँ अनुदान वितरण भएको कृषि प्राविधिक भट्टराईले जानकारी दिइन् । मकैको बिउमा भने कृषि विकास शाखाले ७५ प्रतिशत अनुदान दिने भएको छ । यसका लागि कृषकहरुबाट माग संकलननका लागि सूचना प्रकाशन गरेको छ । मकैको विउको वितरणका लागि ३ लाख ५० हजार रुपियाँ बजेट विनियोजन भएको शाखा प्रमुख तिवारीले बताए । 

त्यसोतः धानको बीउ भने निःशुल्क विवतरण गर्ने कृषि विकास शाखाले जनाएको छ । धानको विउ वितरणका लागि पालिकाको कृषि विकास शाखाले ५० हजार रुपियाँ बजेट व्यवस्था गरेको छ । १० लाख १५ हजार रुपियाँ कृषि विकास शाखाले कृषि यान्त्रिकरणका लागि छुट्याएको छ । ५० प्रतिशत अनुदानमा खेतबारी जोत्नका लागि ट्याक्टर  वितरण गर्ने योजना छ । ट्याक्टर   खरिदका लागि टेण्डर भैसकेको र कृषक समेत छनोट भैसकेको कृषि विकास शाखाले जनाएको छ । 

त्यस्तै नगरको खेती योग्य जमिनको उर्वरा जोगाउनका लागि बायोटिन कृषि चुन पनि पालिकाले ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । त्यस्तै तरकारी उत्पादनको प्रमुख ख्याती कमाएको थाहा नगरमा खेर जाने तरकारीलाई व्यवस्थित गर्ने योजना पनि ल्याएको छ । यसका लागि नगरपालिकाले ५० प्रतिशत अनुदानमा ड्रायर मेशिन खरिद गर्ने जनाएको छ । यसका लागि ७ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको छ । ड्रायर खरिदका लागि किसानहरुको मागसहित निवेदन परिसकेको र अन्य प्रक्रिया बाँकी रहेको कृषि विकास शाखाले जनाएको छ । वडा नम्बर ११ मा चिया बगान निर्माण सहित थालिएको अभियानमा पनि कृषि विकास शाखाले ५० प्रतिशत अनुदानमा चियाको विरुवा वितरण गर्ने कृषि शाखाको वार्षिक कार्यक्रम रहेको छ । 
 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)