Wednesday, 17th June, 2026
वि.स.

यस्तो छ, आजको मौसम पूर्वानुमान

Mausam-1600397368.jpg

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । 


महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 


शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ  ।


यसैगरी, प्रदेश १  नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका  र  प्रदेश नं ५ का  एक(दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने,  गण्डकी प्रदेश, प्रदेश  नं ५, र सुदुरपश्चिम  प्रदेशका  एक/दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०