Saturday, 19th September, 2026
वि.स.

मुस्लिम युवा समाज मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम

blood-donation-1598606301.jpg

मुस्लिम युवा समाज मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका कार्यालय सदस्य एकालाल श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको अवस्थामा मुस्लिम युवा समाजले रक्रसंचार केन्द्र हेटौंडामै सुरक्षा सतर्कताका साथ रक्तदान कार्यक्रम आयोजना गरेको हाे ।

कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा राष्ट्रिय युवा सङ्घ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, नेपाल खेलकुद महासङ्घका अध्यक्ष धरम बहादुर लामा, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, राष्ट्रिय निर्माण व्यावसायीसंघ मकवानपुरका संयोजक नरेन्द्र भण्डारी लगायतकाको आतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif