Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मुख्यमन्त्री पौडेल इन्द्रसरोवरको फाखेल आउँदै

DM-Paudel-1618277319.jpg

बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल ३१ चैतमा मकवानपुरको फाखेल आउँदै छन् । 

मुख्यमन्त्री पौडेल इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल चौरको कालिका मावि प्राविधिक शिक्षालयको ६० औं अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुर्नगठन कार्यक्रमको उद्ेघाटनका लागि फाखेल पुग्न लागेका हुन् । 

अभिभावक भेलामा आर्थिक वर्ष २०७६÷०७७ को आय व्यय प्रस्तुत, वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत, पुरस्कार वितरण लगायतको कार्यक्रम रहेको निमित्त प्रधानाध्यापक मन बहादुर स्याङ्तानले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०