Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

' माधवले जस्तो प्रचण्डले अध्यादेशबाट पार्टी बनाएका होइनन्'

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले विना मगरलाई मन्त्री बनाउन नपाइने तर्कको प्रतिवाद गर्दै प्रचण्डलाई समर्थन गरेका छन् ।

प्रचण्डले सुदूरपश्चिमबाट बुहारी विना मगरलाई मन्त्री बनाउन लागेको चर्चा चलिरहेका बेला उनले माधव नेपाल र नारायणकाजी श्रेष्ठभन्दा प्रचण्ड फरक भएको भन्दै बिनालाई मन्त्री बनाउन हुन्न तर्क आफूलाई मन नपरेको बताएका हुन् ।

बास्कोटाले सामाजिक सन्जालबाट विनाको समर्थन गर्दै लेखेका छन्-खाइॅंदो परेको कुरा त होईन तर प्रचण्डले विना मगरलाई मन्त्री बनाउन नपाउने तर्क गरेको मलाई फिटिक्कै मन परेन । प्रचण्डले माधबले जस्तो अध्यादेशबाट माओवादी बनाको हैन न त काजीले जस्तो युद्ध सकिएपछि ओते छाप पार्टी बनाको हो । प्रचण्डले पार्टी बनाउने अरुले फरमान जारी गर्ने 'त्यो मिल्दैन'



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०