Monday, 7th September, 2026
वि.स.

माओवादी केन्द्र हेटौँडाद्वारा तीन नेतालाई कारबाहीको सिफारिस

Hasiya-Hathauda1-1627185302.jpg

नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिकाले पार्टीका तीन जना नेतालाई कारबाहीको सिफारिस गरेको छ ।

माओवादी हेटौँडाका पार्टी कमिटीको ९ साउनमा हेटौँडामा बसेको बैठकले नगर कमिटी सचिवालय सदस्य तथा हेटौंडा उपमहानगरपालिका–१४ का वडाध्यक्ष दिपक खड्का, नगर कमिटी सदस्य शालिकराम ढकाल र उत्सव चौँलागाईलाई कारबाहीको लागि जिल्ला पार्टी कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो ।

नगर कमिटी अध्यक्ष तिर्थबहादुर थापा मगरका अनुसार, वडाध्यक्ष खड्काले पार्टी नीतिविरुद्ध गतिबिधि गरेको, ढकाल र चौँलागाई अन्य पार्टीमा प्रवेश गरेकाले उनीहरुलाई कारबाहीको सिफारिस गरिएको हो ।

साथै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर पार्टी कमिटीको बैठक अघि श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको सभामा पार्टी प्रदेश कमिटी सदस्य ललित घलान, प्रदेश कमिटि सल्लाहकार कौशल पाण्डे, जिल्ला कमिटि सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन, प्रमिला पुलामी, लक्ष्मी माझी, नगर कमिटि इन्चार्ज विवेक राई, भगिरथ नेपाल, जीवन गोले लगायतको आतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०