nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

महिला दिवसमा थाहानगरमा अन्तरक्रिया र अभिमुखीकरण

Mahila-1615252352.jpg

थाहा नगरपालिकाको विकास घरमा १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरका अन्तरक्रिया कार्यक्रम भएको छ । थाहा नगरपालिका महिला, बालबालिका तथा अपांग परिचयपत्र वितरण शाखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख खड्ग गोपाली रहेका थिए । 

कार्यक्रममा सहभागीहरुले महिलाहरुको हक अधिकार र थाहानगरमा हालको अवस्थाको विषयमा चर्चा गरेका थिए । सामाजिक विकास समितिका उपसंयोजक विष्णु बहादुर गुरुङको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यपाmिलका सदस्य कविता कार्की, ५ नम्बर वडा सदस्य चमेली वाइबा, सहकारीकर्मी सुमित्रा बिडारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

यसैबीच दिवसको अवसरमा कानुनी अभिमुखीकरण कार्यक्रम भएको छ । कानुनी सहजकर्ता जगनाथ सुवेदीले सहजीकरण गरेको अभिमुखीकरणमा ७५ जना महिलाहरुको सभागिता रहेको थियो । कार्यक्रममा वडाबाट निर्वाचित महिला सदस्यहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, महिला सहकारीका प्रतिनिधि एवं सहकारी सदस्यहरु, अपाङ्ग महिलाहरु लगायतको सहभागिता रहेको शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)