Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मन्त्रिपरिषद बैठक बस्दै, एमाले सचिवालय बैठक स्थगित

Cabinet-meeting-10.26-1615261051.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । नियमित एजेण्डा बाहेक अन्य विषय थाहा नभएको मन्त्रीहरुले बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीले माओवादी केन्द्रका नेता समेत रहेका मन्त्रीहरुसँग छलफल गरेका थिए । उनीहरुले ओलीलाई नै साथ दिने बताइसकेका छन् ।

यसैबीच नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आजै ४ बजे बस्ने भनेर छलफल भए पनि सोही समयमा मन्त्रिपरिषद बैठक समेत परेकाले स्थगित भएको छ ।

महासचिव ईश्वर पोखरेल नेतृत्वको सचिवालय बैठक चाँडै बसेर पार्टी कार्यालय सन्चालन तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०