nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मन्त्रिपरिषदले असोज १ बाट सवारी साधन खुलायो, गाडीभाडा पनि बढायो !

THaha-Bus-1600220904.jpg

२९ भाद्रमा बसेको मन्त्रिपरिषद बैठकले असोज १ गतेबाटै बस र विमानहरु चल्न दिने निर्णय भएकाे सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक पत्रकार सम्मेलनमा जानकारी गराए। 

०७६ साल चैत ११ देखि सरकारले रोकेको लामो दुरीको यातायात सञ्चालनका लागि सरकारले केही शर्तहरु तोकेको छ । र, यो अवधिका लागि ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारले अनुमति दिएको छ । तर, हवाइ भाडा चाहिँ मन्त्रिपरिषदले तोक्न सकेको छैन, जसले गर्दा व्यवसायीहरु कति रुपैयाँको टिकट काट्ने भन्ने अन्यौलमा परेका छन् । सरकारले हवाई भाडा पनि बढाउन पाउने संकेत दिएको छ ।

‘लामो दुरीका सवारी साधनहरुको आवागमनमा हामीले लामो समयसम्म रोक लगायौं, यसबाट व्यवसायी र यात्रुहरुलाई पनि कठिनाइ भयो’ ३० भाद्रमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘असोज १ गतेदेखि लामो दुरीका सवारी साधनहरुलाई खुल्ला गरेका छौं । तर, यसका लागि हामीले केही निश्चत शर्तहरु तोकेका छौं । यसको कडाइका साथ पालना गर्न आग्रह गर्छाैं ।’

मन्त्री ज्ञवालीका अनुसार १ असोजदेखि सञ्चालन गर्न पाइने लामोदुरीका सवारी साधनमा प्रयोग गरिनुपर्ने शर्तहरु यस्ता छन्-

  • सवारी साधनमा ५० प्रतिशतमात्रै यात्रुहरु राख्न पाइनेछ ।
  • भौतिक दुरी कायम हुने गरी एक पंक्तिको सीटमा एकजनामात्रै यात्रु राख्नुपर्ने छ । सीटबाहेक यात्रुहरु राख्न पाइने छैन ।
  • सबै यात्रुहरुले मास्क अनिवार्यरुपमा लगाउनुपर्नेछ ।
  • यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारीसाधनभित्र अनिवार्यरुपमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।
  • लक र सहचालकले मास्क, भाइजर र पञ्जाहरु लगाउनुपर्नेछ । सवारी साधनलाई दैनिकरुपमा डिसइन्फेक्सन गरिरहनुपर्नेछ ।
  • यो अवस्था रहँदासम्म तोकिएको भाडादरमा अधिकतम ५० प्रतिशतसम्म सवारी साधनका सञ्चालकहरुले लिन पाउनुहुनेछ ।
  • यस सम्बन्धमा भौतिक पूर्वाधार र यातायात मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप मापदण्डहरु बनाउन सक्नेछन् र ती मापदण्डहरुको अनिवार्यरुपमा पालना गर्नु सवारी चालकहरु र यात्रुहरुको कर्तव्य हुनेछ । र, यसको अनुगम यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्नू/गराउनुपर्नेछ ।
  •  संक्रमणको जोखिम बढ्दै गयो भने रिस्कको एनालाइसिस गरेर स्थानीय प्रशासनले आवश्यक थप निर्णयहरु गर्न सक्नेछ । (अर्थात, यातायात सञ्चालनमा रोक लगाउन सक्नेछ)


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)