nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका ३ जना फरार अभियुक्त पक्राउ

pakarau-1611392570.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला अदालतको फैसलालाई अटेर गरी फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरबाट भएको फैसला अनुसार कैद भुक्तान नगरी फरार रहेका तीजनालाई हेटौंडा उपमहानगरको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । २०७२ माघ २८ गते लागूऔषध मुद्दामा ६ वर्ष कैद र दस हजार रुपैयाँ जरिवानाको फैसला गरेको हेटौंडा–१५ का ३३ वर्षीय राजकुमार वाइलाई प्रहरीले पक्राउ गरेको छ ।

बहुविवाह मुद्दामा जिल्ला अदालतबाट २०७५ पुस ६ गतेको फैसला अनुसार एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकी फरार रहेका हेटौंडा–१५, शिखरपानीका ३३ वर्षीय हरि गोङ्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागूऔषध मुद्दामा एकमहिना ६ दिनको कैद र दुई हजार रुपैयाँको अदालतको फैसला अटेर गरी फरार रहेका हेटौंडा–१४ का २६ वर्षीया विजय रुम्बालाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतले उनीविरुद्ध २०५७ असार १३ गते फैसला गरेको थियो । उनीहरुलाई कैद भुक्तानका लागि भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)