nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा लागूऔषध प्रयोगमा दोब्बरले वृद्धि

laguaushad-1605937630.jpg

मकवानपुरमा पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, वर्षेनी झण्डै दोब्बरको संख्यामा लागूऔषध प्रयोगकर्ता बढ्दै गएको देखिएको छ ।

मकवानपुरमा चालु आर्थिक वर्ष २०७७र०७८ को साउनबाट कात्तिक २२ गतेसम्म लागूऔषधसम्बन्धित २० वटा मुद्दा दर्ता भएको छ । जसमा पुरुष १५ र महिला ५ जना रहेका छन् ।

मकवानपुरमा चालु आवको साउनमा ६ वटा, भदौंमा २ वटा, असोजमा ६ वटा र कात्तिकमा ६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायक उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।यी सबै मुद्दा अनुसन्धानको क्रममा रहेको छ ।

प्रहरीले हालसम्म गाँजा १ सय ९४ किलो २ सय ८८ ग्राम, चरेश २३ किलो ५ सय ३२ ग्राम, नाइट्रोभेट टुयाप्लेट २ हजार ६ सय ६८ वटा, डाइजेपम २ सय ८ एम्पुल, फेनार्गन २ सय एम्पुल, कोरेक्स २ सय ५ बोलत बरामद गरेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)