Tuesday, 22nd September, 2026
वि.स.

मकवानपुरमा बालविवाह नियन्त्रणका लागि छलफल

h1-1611825353.jpg

 जिल्ला प्रहरी कार्यालय मकवानपुरले बालविवाह रोक्नका लागि विभीन्न समुदायका अगुवासंग छलफल गरेको छ । बालविवाहविरुद्धमा संघिय, प्रदेश र स्थानीय सरकारसंगै प्रहरीले पनि कानून विपरितको कामलाई रोक्न अभियानकै रुपमा सुरु गरेको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रमा उपस्थित विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिहरुले बाल बिबाह नियन्त्रणका लागि लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मकवानपुरमा बाल विवाहको अवस्था र कानुनी व्यवस्था बारे कार्यपत्र प्रस्तुत गरेको थिए । सोही क्रममा  उनले बालबिवाह हुन नदिनका लागि प्रहरी पनि समुदायसंग साझेदारीमा लाग्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बालबिवाह हुन नदिन वषौदेखि सञ्चार माध्यमले आवाज उठाउँदै आएपनि जिल्लाको विकट गाउँमा बालबिवाह अझै नरोकिएको बताए । कार्यक्रममा हेटौंडा–२ का वडा सदस्य महेश्वरमान श्रेष्ठ, हेटौंडा–४ मा रहेको भुवनेश्वर मन्दिरका अध्यक्ष जगन्नाथ पाण्डे, नेपाल तामाङ घेदुङ मकवानपुर सचिव आत्मराम मोक्तान, मकवानपुर इसाइ समाजका सचिव मिलन कडेल, हेटौंडा जामे मस्जिदका अध्यक्ष जावेद हुसेन, कलाकार सुसान्त श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर राना, प्रहरी निरीक्षक अमरप्रसाद गजमेर, अविनाश अधिकारी, राजकुमार सापकोटा लगायतका विभिन्न धार्मिक मठ मन्दिर तथा संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहेको थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०