Tuesday, 22nd September, 2026
वि.स.

मकवानपुरमा बस दुर्घटना, एकको मृत्यु, ९ जना घाइते

accident-new-1608985080.jpg

 हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरमा आज दिउँसो भएको बस दुर्घटना एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा लम्जुङका अन्दाजी ३२ बर्षीय हरी गौली रहेको र उहाँको उपचारको क्रममा हेटौँडा अस्पताल मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

११ पुस  दिउँसो हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुबहाक बस आफै अनियन्त्रित भई हेटौंडा–१९ बस्तिपुरमा दुर्घटना हुँदा एक जनाको मृयु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै, सोही दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको पुरा विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक चितवनको राप्ती नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०