nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा डढेलोले क्षति

dadelo-1618038082.jpg

डढेलोका कारणले मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा तीन करोड ७० लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा विभिन्न स्थानमा डढेलोका कारण ३८ घर जलेर नष्ट भएको छ । डढेलोले एक हप्ता अगाडि मकवानपुरमा एक वृद्ध महिलाको मृत्यु भएको छ भने पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरु सामान्य उपचारपछि घर फर्किएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्यस्तै डढेलोले तीन पक्की र ३५ कच्ची घर जलेर नष्ट भएको छ भने २३ वटा गोठ तथा बाख्रालगायतका ५० चौपाया जलेर मरेका छन् ।

यसैबीच डढेलोको कारण मकवानपुरगढीका खानेपानी तथा सिंचाईका पाइपमा क्षति पुगेको छ । त्यहाँ खानेपानीको समस्या भएको छ । गत मंगलबार मकवानपुरगढी गाउँपालिका–२ को सानोगढीबाट शुरु भएको डढेलोले मकवानपुरगढी बृहत खानेपानीको १४० एमएमको १०० मिटर पाइप नष्ट भएको छ ।

त्यहाँ प्रथम धवाडी सिचाई, माथिल्लो धवाडी सिँचाई, धवाडी दोस्रो खानेपानी र धरमपानी खानेपानीअन्तर्गत ४०० मिटर पाइप नष्ट भएको धवारी दोस्रो खानेपानी उपभोक्ता समूहका सचिव इमनाथ तिमल्सिनाले बताए । अप्ठ्यारो ठाउँ भएकाले आगो निभाउनसमेत समस्या रहेको उनको भनाइ छ ।

मकवानपुरगढी बृहत खानेपानी  योजनाअन्तर्गतका १५० मिटर पाइप पनि डढेलोका कारणले नष्ट भएको उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

पाइप नष्ट भएकाले गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का करिब दुई हजार घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । पाइप नष्ट भएको स्थानमा नयाँ पाइप जोड्न र मर्मत गर्न समय लाग्नेछ । मर्मतसम्भार नभएसम्म पानीका वैकल्पिक उपाय खोज्न र पानीको कम प्रयोगमा जोड दिन उपभोक्ता समूहले आग्रह गरेको छ ।रासस



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)