nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा खैरो हेरोईनसहित २ जना पक्राऊ

hetauda-arrest-1623656168.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले खैरो हेरोईनसहित २ जनालाई पक्राऊ गरेको जनाएको छ ।

हिजो दिउँसो प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले हेटौडा– १० राममन्दिर मोड नजिकैबाट हेटौडा–१ का ३१ बर्षका हेमजंग बानियाँ र सोही स्थानका बर्ष ३४ का सुरेश परियारलाई १४ ग्राम खैरो हेरोईन सहित पक्राऊ गरिएको जनाएको छ ।

राममन्दिर मोडमा लागूपदार्थको किनबेच भईरहेको सूचना पाएपछि प्रहरी टोली सो स्थानमा पुगेको जनाएको छ । प्रहरीले खैरो हेरोईनसहित नगद ३ लाख ६८ हजार २ सय ५० रुपैयासमेत फेला पारेको जनाएको छ । लागूऔषध सहित नियन्त्रणमा उनीहरु उपर थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)