Saturday, 19th September, 2026
वि.स.

मकवानपुरमा कोरोना संक्रमितको संख्या ३०९ जना पुग्यो

test-pcr-1598255658.jpg

 मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ३ सय ९ जना पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ३ सय ९ जना पुगेको हो । यो तथ्याङक मकवानपुरमा सुरुवात देखि हाल सम्मको हो ।

मकवानपुर जिल्लामा स्थायी घर भएकाहरु मात्र परिक्षणको क्रममा ३ सय ९ जना पुगेका हुन् । यो तथ्याङ्कमा मकवानपुरमा अस्थायी वसोवास गर्ने र कामको शिलशिलामा मकवानपुर रहेकाहरुको तथ्याङक समावेस गरिएको छैन । मकवानपुर स्थायी घर भएका तर, काठमाण्डौ लगायतका जिल्लामा परिक्षण गरेर पोजेटिभ देखिएकाहरुको रिपोर्ट भने समावेस गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif