Saturday, 28th November, 2020
वि.स.

मकवानपुरमा एकैदिन १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

corona-1-1603198768.png

मकवानपुरमा ४ कार्तिक साँझ थप ३८ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार  बिहान ७१ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा साँझ थप ३८ जनामा कोरोना पुष्टि भएको हो ।

४ कार्तिक साँझ आएको रिपोर्ट अनुसार १४ महिला र २४ पुरुषमा संक्रमण पुष्टी भएको छ।असोज २ गते  संकलन गरिएको स्वाबको हेटौँडा(१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको ९३ जनाको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो । 

बिहान पनि मकवानपुरमा ७१ जनामा कोरोना पुष्टि भएको थियो । साँझ ३८ जना संक्रमित थप भएसंगै मकवानपुरमा गरििएको परीक्षणमा ४ कार्तिक एकैदिन कोरोना संक्रमित हुनेको संख्या १०९ पुगेको छ ।

 

Corona-Hetauda-1603198095.jpg

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)