Wednesday, 29th July, 2026
वि.स.

मकवानपुरबाट लागुऔषध सहित दुई जना पक्राउ

pakrau2-1604653742.jpg

ईलाका प्रहरी कार्यालय पशुपतिनगरले लागु औषध सहित हेटौँडा -१५ बाट दुईजनालाई पक्राउ गरेको छ। 

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटि गएको प्रहरी टोलीले बिहीबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा(१५ रोतोमाटेमा  जनकपुरबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ७२२६ नम्बरको  यात्रुबाहक बसलाई रोकि चेकजाँच गर्दा रौतहट चन्द्रपुरका एक पुरुषलाई ६०० पिस लागु औषध नाइट्रोभेट सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा चन्द्रपुर(२ का २१ वर्षीय दुधराज पाख्रिन रहेको जनाइएको छ। 

त्यसैगरी आज बिहान बाराको कलैयाबाट काठमाडौं जाँदै गरेको ना १ ज ५६५७ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्दा २८ बर्षीय बाराका सतिस कुमार चौधरीलाई १५३ पिस नाइट्रोभेट सहित पक्राउ गरेको हो।उनिहरू दुबैजना माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







Thaha-002-1774415222.gif