nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरको बकैयामा कोरोनाका कारण एक जनाको मृत्यु

death-1603531028.jpg

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पहिलो पटक कारोना संक्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिकाको वडा नंबर ५ का ५५ वर्षीय पुरुष रहेका गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताईन् ।

केहि दिन अघि चितवनमा उपचारको क्रममा उनलाई कोरोना संक्रमण भएको र शुक्रबार घर ल्याईएको उनको आज बिहान ३ बजे होम आइसोलेसनमा मृत्यु भएको हो । उनको शव व्यवस्थापनको तयारी भइरहेको बताईएको छ ।

उनको परिवारको अन्य ४ सदस्यमा पनि कोरोना संक्रमण रहको बताईएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)