Saturday, 16th January, 2021
वि.स.

मकवानपुरकी ५७ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

corona-death-1606369302.jpg

कोरोना भाइरस संक्रमणको कारण मकवानपुरकी थप एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ८ की ५७ वर्षीया महिला रहेकी छन् । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

भरतपुर अस्पतालको अनुसार ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई मंसिर ५ गते अस्पतालमा भर्ना भएकी उनलाई सोहि दिन कोभिड आईसियुमा राखेर उपचार गरिएको थियो ।

उनको बुधबार राति ११ बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)