nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका थप २ संक्रमितको मृत्यु

corona-death-1623824800.jpg

 मकवानपुरमा थप २ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचारत हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिका भित्रका एकएक जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा १३ को ६७ वर्षीया रहेकी छ् । उनको हिजो असार १ गते दिउँसो ४ बजे उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । मृतक महिलामा जेठ २८ गते कोरोना पुष्टि भएको र सोहि हटौंडा अस्पताल भर्ना गरिएको थियो ।

यसैगरि मृत्यु हुनेमा भीमफेदी ९ को ३१ वर्षीया महिला रहेकी छन् । उनको जेठ ३१ गते राति उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।  उनलाई जेठ २४ गते कोरोना पुष्टि भएको र सोहि दिन उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)