nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका तीन फरार प्रतिवादी पक्राउ

pakarau-1612776308.jpg

मकवानपुर प्रहरीले लागुऔषध चरेस मुद्दामा फरार एक र कुटपिट मुद्दामा फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका प्रतिवादीलाई आज सार्वजनिक गर्दै जिल्ला अदालत पठाएको हो ।

जिल्ला अदालतले २०७५ साल असार ४ गते दोषी ठहर गर्दै पाँच दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका हेटौँडा उपमहानगरपालिका–५ का २८ वर्षीय सुरज लामालाई पक्राउ गरिएको हो । उनलाई लुकीछिपी बसेको अवस्थामा हेटौँडा–५ बाट पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका लामालाई कैद भुक्तानका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी कुटपिट मुद्दामा जिल्ला अदालतले २०७३ साल वैशाख ३० गते दोषी ठहर गर्दै प्रतिव्यक्ति रु ५० हजार जरिवाना भुक्तानी गर्न बाँकी रहेको मनहरि नपा– १ का ३५ वर्षीय रामप्रसाद लटौंला र ३२ वर्षीया अञ्जु लटौंलालाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)