nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका एक सहित वीरगञ्जबाट दुईजना पक्राउ

pakrau2-1615617204.jpg

 वीरगञ्जबाट प्रहरीले अवैध लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला दोलखा झुले गाउँपालिका-२ घर भई चितवन टाँडी नगरपालिका-२ बस्ने २० वर्षीय सुरज कार्की र मकवानपुर हटौडा उपमहानगरपालिका- ३ बस्ने ३५ वर्षीय विकाश लामा पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर चोकस्थित सडकमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बसमा चेकजाँच गरेको थियो । बसमा सवार सुरज कार्की लागु पदार्थ सेवन गरी लठ्ठ परेको अवस्थामा थिए ।

शरीर खानतलासी गर्दा ज्याकेटको खल्तीबाट नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस फेला परेको प्रहरीले जनाएको छ ।वीरगञ्जबाट लागुऔषधसहित दुईजना पक्राउत्यसैगरि वीरगञ्ज- १६ इनर्वा भन्सार मुख्य गेटमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जको टोलीले नियमित सवारी चेकजाँच गरिरहेको थियो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना४४प २६५७ नं.को स्कुटी खानतलासी गर्दा चालक विकास लामाको साथबाट लागु औषध भेटिएको थियो ।

स्कुटीको अगाडिपट्टी खाली भागमा राखिएको सेतो बोराभित्र तथा बोकेको कमब्याट झोलाबाट बरामद लागुऔषध विनसिरेक्स १ सय एमएलको २४५ बोतल र नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस बरामद गरेको थियो ।

दुवैजनालाई लागुऔषधसम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)