nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भोकाहरुको मनमा थाहा–१० का युवाहरु

196426218_129550819245097-1622797653.png

थाहा नगरपालिकाका–१० का युवाहरु सडकका भोकाहरुलाई खाना खुवाउन संगठित भएर लागि परेका छन् । “थाहा युथ इन्भेस्टमेन्ट” नामक संस्थाको स्थापना गरी युवाहरु कोरोना भाइरस (कोभिड १९) को यस विषम परिस्थितीमा मानव सेवामा लागेका हुन् । “भोकमुक्त, नाङ्गोमुक्त, भेदभावमुक्त” भन्ने नाराका साथ अघि बढिरहेक युुवाहरुले सडकमा भोकै रहेका नागरिकको भोक मेटाउन सहयोग गरिरहेका छन् । 

थाहा युथ इन्भेष्टमेन्टले काठमाण्डौँको विभिन्न स्थानमा दैनिक चारसय पचास देखि पाँचसय जना नागरिकलाई निःशुल्क खाना वितरण गर्दै आएको छ । लक डाउनका कारण रोजगारी गुमेर भोकमरीमा परेका, खान नपाएका, बन्दाबन्दीले भोकै परेका मजदुरहरुलाई करिब १५ दिनदेखि खाना वितरण गर्दै आएको समितिका सचिब जितेन्द्र मगरले जानकारी दिए । 

आफैले जम्मा गरेको रकमबाट अभियान सुरुवात गरिए पनि हाल विभिन्न ठाउँबाट सहयोगहरु पाउन थालेको उनले बताए । सामाजिक कार्यमा क्रियाशील थाहा युथ इन्भेस्टमेन्टले केही दिन अघिमात्र थाहा नगरपालिकालाई समेत ८ हजार पिस माक्स, २५ लिटर सेनिटाइजर, १० थान पिपिइ सेट,  एउटा थर्मल गन र एउटा अक्सीमिटर सहयोग गरेको थियो । समितिले विभिन्न कारणले समस्यामा परेकाहरुलाई निःशुल्क खाना, खाद्यान्न वितरण र निःशुल्क अक्सिजन सिलिन्डर सहयोग गरिरहेको छ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।