nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भुकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण

मकवानपुरको कोगटेमा राडो नेपालको सहजीकरण तथा टियर फन्डको सहयोगमामा निर्माण गरिएको भुकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ । कोगटे ३ का ईश्वर प्रजा र भिमसेन रानाको घर १९ औं भुकम्प सुरक्षा दिवसका अबसरमा हस्तान्तरण गरिएको राडो नेपालका सूचना ब्यबस्थापन अधिकृत बिष्णु  धितालले जानकारी दिनुभयो ।

कोगटे गाविसका सचिव एवम् स्थानीय विपद व्यवस्थापन समितिका संयोजक सिताराम रिमालको अध्यक्षता तथा डिएलपीआइयु का  प्रमुख इन्जिनियर सोमराज तिमल्सिनाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बिटिआराटीसी मकवानपुरका प्रमुख सुदिप आचार्य, राडो नेपालका उपाध्यक्ष रामजी सापकोटा, टिएर फन्डका क्षेत्रीय संयोजक मुकुन्द केशी, स्थानीय राजनितिक दलका प्रतिनिधि लगायतको आतिथ्यता   थियो ।

उता, मकवानपुरको टिस्टुङ् मा पनि राडो टियरफन्ड्को सहयोगमा निर्मित घर हस्तान्तरण गरिएको छ ।