nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरस्तरीय पुर्ननिर्माण सामुदायिक समिति गठन

विनासकारी भूकम्पपछिको पुर्ननिर्माणको कार्यलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि मकवानपुरको थाहा नगरपालिका स्तरीय पुर्ननिर्माण सामुदायिक समिति गठन भएको छ । 

जानकी श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा १६ सदस्य सहेका छन् । समितिको अन्य सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, नारायण प्रसाद अधिकारी, सानुकाजीस् गोपाली, ध्रुव खत्री, शंकर लामा, शालिकराम कार्की, राजिव स्याङ्तान, अच्युत केसी, सप्तदेवी गोपाली, बिरु लामा, निशा स्याङ्तान, रजिना ढकाल, ज्ञानमिैया मोक्तान, शालिकराम कार्की रहेका छन् । समितिको सदस्य सचिवमा थाहा नगरपालिकाका प्रशासन शाखा प्रमुख अनिल लामिछाने रहेका छन् । 

नगरपालिकाको प्रत्येक वडामा वडा स्तरीय पुर्ननिर्माण सामुदायिक समिति गठन पश्चात नगर स्तरीय समिति गठन गरिएको हो ।  समिति गठन कार्यक्रममा सामुदायिक विकास केन्द्र नेपाल (सीसीडिएन)का जिल्ला कार्यक्रम संयोजक जगत बजगाई, सामाजिक परिचालकहर लगायतकाको उपस्थिती रहेको थियो । वडा  स्तरमा सामुदायिक समिति गठनमा सीसीडिएनले पनि सघाएको थियो ।