nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

टियरफण्डद्वारा संचालित परियोजनाको सामाजिक परीक्षण

टियरफण्ड नेपालले मकवानपुरको आग्रा गाविसमा संचालन गरेको राहत, पुनर्निर्माण र पुनर्लाभ परियोजनाको सामाजिक परिक्षण गरिएको छ । 
बिहीबार आग्राको डाँडाबासमा एक कार्यक्रमको आयोजना गरी टियरफण्डले लाभग्राहीहरुको सहभागितामा सामाजिक परीक्षण गरेको हो । 
टियरफण्डले विगत एक वर्षदेखि बाल कल्याण समाज, राडो नेपाल, एमआरसी नेपाल र सिइइडिएफमार्फत् राहत, पुनर्निर्माण र पुनर्लाभको कार्यक्रम संचालन गर्दै आएको छ । 
सामाजिक परीक्षण कार्यक्रममा बाल कल्याण समाजका कुमार नेगी, राडो नेपालका हरेराम वाग्ले, एमआरसीका सुवाष श्रेष्ठ र सिइइडिएफका बद्रि पण्डितले परियोजनाअन्तर्गत संचालित क्रियाकलाप, लक्ष्य, उपलब्धी, विनियोजित बजेट, खर्च र लाभान्वित संख्याबारे जानकारी गराएका थिए । सामाजिक परीक्षणका क्रममा लाभग्राहीरुले राखेको प्रश्न, जिज्ञाशा र गुनासाहरुमा सम्न्धित संस्थाका प्रतिनिधिहरुले प्रष्ट पारेका थिए । 
कार्यक्रममा आग्रा गाविसका राजनीतिक दल, संघसंस्था, वडा नागरिक मञ्च, महिला संजाल, बाल क्लब लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । त्यस्तै टियरफण्डका एसिया संरक्षण सल्लाहकार क्रिस्टिना निसा, सिनियर नीति व्यवस्थापक केशब शर्मा, सिनियर अनुमगन तथा मूल्याङ्कन अधिकृत उपासना गुरुङ, क्षेत्रीय संयोजक मुकुन्द केसी लगायत उपस्थित थिए । 
कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट बोल्दै नेकपा एमालेका आग्रा गाउँ कमिटी अध्यक्ष डम्बरबहादुर लामाले परियोजना प्रभावकारी रहेकोले यसको अवधि बढाउन टियरफण्डलाई आग्रह गरेका थिए । 
टियरफण्डले मकवानपुरको आग्रामा पुनर्निर्माण, आवास, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका संरक्षण, विपद व्यवस्थापन, जीवीकोपार्जन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)