nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

महिलालाई अवसर दिएमा जे पनि गर्न सक्नेः– प्रमुख भुसाल
पुनःनिर्माणमा पैसाको कारण नभइ प्रक्रियाको कारण झमेला भएको

yubraj-vusal-1525060337.jpg

महिलालाई अवसर दिएमा जे पनि गर्न सक्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताएका छन । चुलो र चौकोमा सिमित महिलाहरुले ३ सय ९० घण्टाको डकर्मी तालिम लिएपछि पुनःनिर्माणको काम गरेको भन्दै महिलाहरुलाई अवसर दिएमा जस्तो काम पनि गर्न सक्ने बताए । थाहा नगरपालिकाको थानाबजारमा आइतबार भएको ५० दिने कार्यगत डकर्मी तालिमका लक्षित वर्गहरुसंगको अन्तरक्रिया तथा प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भुसालले यस्तो बताएका हुन । थाहा नगरपालिकामा डकर्मी तालिम लिनेहरुमा एक तिहाइ महिलाहरुले सक्रिय सहभागीता जनाउँदै पुनःनिर्माणमा लागेको प्रति खुशी ब्यक्त गर्दै समाज रुपान्तरणको दिशामा लागेको बताए ।

असार मसान्त सम्म साँढे ४ लाख घर बनाइसक्ने लक्ष्य राखेपनि करिब करिब साँढे ४ लाख घर दोस्रो किस्ता लगेर तेस्रो किस्ताको लागि तयार रहेको र करिब डेढ लाख घर बनिसकेको बताउँदै प्रमुख कार्यकारी अधिकृत भुसालले देशमा पुनःनिर्माण चाँडै सकाउन गाउँगाउमा सिप बिकासको कार्यक्रम गरिरहेको र गाउँगाउँमा खटिएका डकर्मीहरुको सक्रियताले नै पुनःनिर्माण चाँडै सक्ने बताए । सिकर्मी, डकर्मी, प्रवलीकरण, प्लम्बिङ लगायतमा तालिमले गर्दा धेरै जनशक्ति लावान्वित भएको बताए । उनले अब पुनःनिर्माण प्रधिकरणले २ हजार इन्जिनियरहरु र १२ हजार मिस्त्रीहरुलाई तालिम दिने र करिब १ हजार अशक्तहरुलाई घर बनाइदिने कार्यक्रम ल्याउन लागेको जानकारी दिए । प्राधिकरण कर्मचारीहरु तथा इन्जिनियरहरुबाट पुनःनिर्माणमा केही समस्या भएको भए पनि स्थानिय निकायसंग समन्वय गरेर जान सहभागीहरुलाइ अनुरोध गरे ।

घर धनीहरुको तर्फबाट भनाइ राख्दै घरधनी रुपा मगरले ट्रेनिङ सेन्टरले बिभिन्न तालिम दिएर अशक्त, असहायहरु र एकल महिलाहरुको घर निर्माण गरि, तालिम दिइ सहयोग गरेको प्रति खुशी ब्यक्त गरे । उनले लाभग्राहीहरुले घर निर्माण गर्नको लागि ऋण लिएर निर्माण कार्य गरेको तर दोस्रो किस्ता नपाएको कारण समस्या भएको बताउँदै किस्ता किन आएन ? के कारण आएन? के ही प्रक्रिया नपुगेको भए यो यो प्रक्रिया पुगेन भन्नुपयो? र चाँडै नै किस्ता निकासा गरिदिन अनुरोध गरिन् । 

अर्का महिला नाइके डकर्मी पञ्चमाया बलामीले कार्यक्रममा बोल्दै तालिम पश्चात फिल्डमा काम गरि नमुना घर बनाउदा पुरुषहरु र जनप्रतिनिधिहरुको आलोचनालाई चिर्दै समाजको बिकासमा लागेको बताइन् । आफुले स्वयमसेविका, देशको सेवा, देखी महिला डकर्मी सम्मको काम गरेको सुनाउदै पढाइबाट बञ्चित नगराए महिलाले काम गर्दा बेइज्जत हुन्छ भन्ने मानसिकतालाई चिरेर अघि बढ्न सक्ने बताए ।


कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत भुसालले केन्द्रबाट पैसा पठाएको पठाइ छ तर जिल्लामा, बैंकमा, कोष तथा नियन्त्रण कार्यालय वा काहाँ रोकियो इन्जिनियर, प्रबिधिक र कर्मचारीहरुसंग आफुले प्रष्ट पार्ने र जनताहरुको लागि स्थानिय निकाय र जनप्रतिनिधिहरुले समन्वय गर्नु पर्ने बताउँदै जनताहरुलाई दुख दिने प्रबृत्ति अन्त्य गर्नु पर्ने बताए । डकर्मीको काम गरिरहेका जनशक्तिहरुलाई प्राधिकरणले अझै ७ दिने तालिम दिने योजना रहेको बताए । पुननिर्माणमा सरकारी प्रक्रियाको कारण ढिलासुष्टि भएको बताउँदै गुनासो राखेर सम्बोधन नभएको, पहिलो, दोस्रो, तेस्रो किस्ता नआएको गुनासोको जवाफ दिदै प्रमुख भुसालले चाँडै नै ति सबै पैसा आउने र पैसाको कारण नभइ प्रक्रियाको कारण झमेला भएकोले प्रक्रियाको क्रममा पैसा हराइरहेको बताए ।
घर नभट्काए हुने र प्रवलीकरण गरे हुने भएमा ३ लाखमा नाम लेखाएको भए पनि संसोधन गरि १ लाखमा नाम लेखाउन मिल्ने र घर नभट्काइ नहुने भए १ लाखमा नाम लेखाएको भए पनि ३ लाखमा नाम लेखाउन मिल्ने बताए । समय ढिला भए पनि पीडितको गुनासो सुन्ने र समाधानको काम भने गर्ने प्रतिबद्धता ब्यक्त गरे ।


राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय आयोजना कार्यान्वयन इकाईका उप निर्देशक डा. युवराज पौडेल बिशिष्ट आतिथ्यता र थाहा नगरपालिकाका नगरप्रमुख लबसेर बिष्टको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा ५० दिने डकर्मी तालिम लिएका थाहा नगरपालिकाका बिभिन्न वडाका डकर्मीहरुलाई सि.टि.ए.भि.टी.को डकर्मी प्रमाणपत्र बितरण गरिएको थियो । ट्रेनिङ सेन्टर नेपालको आयोजनामा सञ्चालन भएको कार्यक्रममा थाहा नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु, पत्रकार, तालिम लिएका डकर्मीहरु, डकर्मी नाइके, घरधनीहरु तथा सरोकारवालहरुको सहभागिता रहेको थियो ।


हेर्नुहोस भिडियो 

 https://www.youtube.com/watch?v=VDp48PLsXEs

https://www.youtube.com/watch?v=vuI5RVAkYCI



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।