nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

काम पछि नीति बन्नाले नेपालको पुननिर्माणले तिब्रता लिएनः– प्रमुख खुलाल

काम पछि मात्र नीति बन्ने भएका कारण नेपालको पुननिर्माणले तिब्रता लिन नसकेको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताए । नीति बनेर काम गर्दा नीति अनुसार काम बन्ने र समयमै काम सकिने भए पनि काम गरेर नीति बनाउने नेपालीको बानीले गर्दा देशमा सञ्चालन भएको कुनै पनि काम सफल पूर्वक सम्पन्न नभएको बताए । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन भएको भुकम्पपछिको पुननिर्माण र पुनस्थापना सदाचार, पुनर्निर्माण सम्बन्धि नीति नियमहरुको विषयमा छलफल कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख खुलालले यस्तो बताएका हुन् ।
भुकम्प पछि देशभर सञ्चालन भएको पुननिर्माणमा अवस्थाले तिब्रता लिन नसक्दा लाभग्राहीले भोग्नु परेको समस्याहरुप्रति दुःख ब्यक्त गर्दै सरकारले लाभग्राहीलाई ३ लाख रुपैयाँ पनि एकैपटक नदिनुमा कस्तो आपत्ती थियो? भन्दै उनले प्रश्न गरे । पुननिर्माण प्राधिकरण, नेपाल सरकार र इन्जिनियरहरुका कारण लाभग्राहीहरुले पाएको कष्टप्रति टिप्पणी गर्दै नेपाल सरकारले गरेको राहतको प्रक्रिया समेत निक्कै नै घुमाउरो र लामो रहेको बताए ।


हाल थाहा नगरपालिकामा कुल ६ हजार ४ सय ७७ जना लाभग्राही रहेकोमा ५ हजार ८ सय ७२ जनाको सम्झौता भएको छ भने ५ हजार ८ सय २० जनाले पहिलो किस्ता,  ३ हजार ८ सय ८१ जनाले दोस्रो किस्ता र १ हजार ९ सय ७१ ज्ना लाभग्राहीले मात्र तेस्रो किस्ता लिएका छन् । यस्तै ३ सय १४ जना प्रवलिकरण लाभग्राही रहेका छन भने जसमध्ये २ सय जनाको सम्झौता र १ सय ९४ जनाले पहिलो किस्ता लिएका छन् ।
मकवानपुर जिल्लाभर ३३ हजार २ सय ६६ लाभग्राही संख्या रहे पनि २५ हजार २ सय ६६ जनाको मात्र सम्झौता भएको छ । जसमा पनि २४ हजार ३ सय ४३ ले पहिलो किस्ता, १६ हजार ३ सय ५४ ले दोस्रो किस्ता, ८ हजार ३ सय ८९ ले मात्र तेस्रो किस्ता लिएका छन् । मकवानपुरभर ८ हजार ४ सय ९८ जना प्रवलिकरण लाभग्राही रहे पनि २ हजार ३ सय २ जनाको मात्र सम्झौता भएको छ भने २ हजार ३२ जनाले मात्र पहिलो किस्ता लिएका छन् ।
मकवानपुरमा १७ हजार २ सय ७१ नीर्माणाधिन घर संख्या रहेका छन् भने ७ हजार ८ सय ५० घर मात्र निर्माण सम्पन्न भएका छन् । हल प्रथम किस्ताका लागि चेक बन्ने क्रममा १ सय १२ घर, दोस्रो किस्ताको लागि चेक बन्ने क्रममा ६ सय २० घर र तेस्रो किस्ताको लागि ४ सय ८२ घरको चेक बन्ने क्रममा रहेका पुननिर्माण प्रधिकरणले जनाए पनि पछिल्लो जानकारी भने आउन बाँकी रहेको पुन निर्माण प्राधिकरण मकवानपुर जिल्लाका प्रमुख सन्तोष लम्सालले बताए ।


कार्यक्रममा बोल्दै थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले संघियता आइसक्दा पनि माथि भन्ने प्रबृत्ती र शब्द नै विकासको बाधक भएको बताए । हरेक काम र प्रक्रिया माथि हुन्छ, माथिबाट हुन्छ, माथि जानु पर्छ लगायतका माथि भन्ने कुराले जनता र जनप्रतिनिध सबैलाइ दुख भएको बताउँदै माथि भन्ने शब्दलाई अन्त्य गर्नका निमित्त नगर प्रमुख विष्टले पुननिर्माण प्राधिकरण र ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाललाई अनुरोध गरे ।
युरोपिएन युनियनको आर्थिक सहयोगमा ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालको आयोजनामा आइतवार सम्पन्न कार्यक्रममा जिल्ला तथा नगरका प्रमुख, कार्यकारी अधिकृत, नगरका वडाध्यक्षहरु, पुननिर्माण सँग सम्बन्धित सरोकारवाला, पत्रकारहरु गोरखापत्र दैनिक हेटौडाका राममणी दाहाल, समृद्ध समाज दैनिकका विवश अधिकारी, रेडियो मकवानपुरका सुचित्रा गौतम, शान्तिपुर दैनिकका मञ्जरी बलामी, ट्रान्परेन्सी नेपालका प्रतिनिधिहरु लगायत विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।