nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पीडितलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

मकवानपुरको कोगटेमा राडो नेपालको सहजीकरण तथा टियर फन्डको सहयोगमा निर्माण गरिएको भुकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ । कोगटे ३ का ईश्वर प्रजा र भिमसेन रानाको घर १९ औं भुकम्प सुरक्षा दिवसका अबसरमा हस्तान्तरण गरिएको राडो नेपालका सूचना ब्यबस्थापन अधिकृत बिष्णु धितालले जानकारी दिए । 
कोगटे गाविसका सचिव एवम् स्थानीय विपद व्यवस्थापन समितिका संयोजक सिताराम रिमालको अध्यक्षता तथा डिएलपीआइयुका प्रमुख इन्जिनियर सोमराज तिमल्सिनाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । 
कार्यक्रममा बिटिआराटीसी मकवानपुरका प्रमुख सुदिप आचार्य, राडो नेपालका उपाध्यक्ष रामजी सापकोटा, टिएर फन्डका क्षेत्रीय संयोजक मुकुन्द केशी, स्थानीय राजनितिक दलका प्रतिनिधि लगायतको आतिथ्यता थियो । 
मकवानपुरको टिस्टुङ्मा पनि राडो टियरफन्ड्को सहयोगमा निर्मित घर हस्तान्तरण गरिएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)