Saturday, 5th September, 2026
वि.स.

पीडितलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

मकवानपुरको कोगटेमा राडो नेपालको सहजीकरण तथा टियर फन्डको सहयोगमा निर्माण गरिएको भुकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ । कोगटे ३ का ईश्वर प्रजा र भिमसेन रानाको घर १९ औं भुकम्प सुरक्षा दिवसका अबसरमा हस्तान्तरण गरिएको राडो नेपालका सूचना ब्यबस्थापन अधिकृत बिष्णु धितालले जानकारी दिए । 
कोगटे गाविसका सचिव एवम् स्थानीय विपद व्यवस्थापन समितिका संयोजक सिताराम रिमालको अध्यक्षता तथा डिएलपीआइयुका प्रमुख इन्जिनियर सोमराज तिमल्सिनाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । 
कार्यक्रममा बिटिआराटीसी मकवानपुरका प्रमुख सुदिप आचार्य, राडो नेपालका उपाध्यक्ष रामजी सापकोटा, टिएर फन्डका क्षेत्रीय संयोजक मुकुन्द केशी, स्थानीय राजनितिक दलका प्रतिनिधि लगायतको आतिथ्यता थियो । 
मकवानपुरको टिस्टुङ्मा पनि राडो टियरफन्ड्को सहयोगमा निर्मित घर हस्तान्तरण गरिएको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif