nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमफेदी–कुलेखानीमा पोष्टबहादुरको नामबाट सुरुङमार्ग नबनाउन माग

ss-1623650695.jpg

 बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रममा भीमफेदी–कुलेखानी खण्डमा बन्ने ‘पोस्टबहादुर बोगटी’ सुरुङ मार्ग बनाउन सुरु गर्ने घोषणा गर्‍यो । यो सुरुङमार्गको आर्थिक र सञ्चालन सम्भाव्यतामाथि प्रश्न उठिरहेकै थियो, अहिले भने प्रस्तावित सुरुङमार्गबारे राजनीतिक रूपमै विवाद सुरु भएको छ ।

माओवादी नेता पोस्टबहादुर बोगटीको नाममा राखिएको यो सुरुङमार्ग निर्माण नगर्न नेकपा माओवादी केन्द्रले नै प्रदेश सरकारसँग ज्ञापनपत्र बुझाएर माग गरेको छ । उसले पोस्टबहादुर बोगटीको नामबाट टोखा–छहरे वा खुर्कोट–चियाबारी खण्डमा सुरुङमार्ग बनाउन विकल्प दिएको छ ।

माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेल भीमफेदी–कुलेखानी खण्डमा बनाउने भनिएको यो सुरुङमार्ग ‘सेतो हात्ती’ बन्ने खतरा रहेको बताउँछन् । ‘हामीले विकासको विरोध गर्न खोजेका होइनौं,’ उनी भन्छन्, ‘तर, यो सुरुङमार्गमा कानूनी, प्राविधिक, व्यावहारिक र सञ्चालनको सम्भाव्यतासहित विभिन्न प्रश्नहरु छन्, तिनको निरुपण भएपछि मात्रै यसको निर्माणबारे निर्णय गर्नु उचित हुन्छ ।’

डीपीआर तयार भइसकेको यो आयोजनामा सुरुङसहित पहुँचमार्ग, त्यसमा बन्ने पुलसहितको संरचना बनाउन १८ अर्ब ७ करोड रुपैयाँ लाग्ने अनुमान छ । भीमफेदी गाउँपालिका–६ को बगरबाट इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी ड्याममुनिसम्म देउरालीको डाँडाको फेदीबाट सुरुङ बन्नेछ ।

३ दशमलव २१७ किलोमिटर लम्बाइको सुरुङ मार्गमा ७–७ मिटर चौडाइका दुईवटा बनाउने योजना छ । यो सुरुङमार्गले स्थलमार्गको १७ किलोमिटरको दुरी छोटो बनाउनेछ । तर, माओवादी केन्द्रले सुरुङमार्ग बनेर प्रयोग नहुने अवस्था आउनसक्ने जोखिम औंल्याएको छ । महँगो परियोजनाले प्रदेशलाई भविष्यमा आर्थिक भार थपेर समस्यामा पार्नसक्ने सो पार्टीको ठम्याइ छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)