nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भिमफेदी गाउँपालिकामा एमालेको जनपरिचालन अभियान

नेपाल कम्यूनिष्ट पार्टि एमालेको केन्द्रीय कार्यक्रम अनुसार १५ मंसीरमा भीमफेदी गाविसमा भमिफेदी गाउँपालीका अन्तरगत भैसे, निबुवाटार, भीमफेदी र कोगटे इपाको संयुक्त संबिधान कार्यान्वयनको लागि जनपरिचालन अभियान कार्यक्रम योजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।

जिल्ला कमिटि सदस्य तथा भीमफेदी इञ्चार्ज भगवती पुडासैनीले संचालन गरेको कार्यक्रममा जिल्ला कमिटि सल्लाहकार तथा अभीयान अनुगमन प्रमुख सुर्य चन्द्र न्यौपानेको प्रमुख आतीथ्य तथा अभियानका प्रमुख स्ंयोजक श्रीधर पोखरेलको सभापतित्वमा भएको हो ।

योजना अन्तर्गत मंसिर १६ देखि ३० गतेसम्म भैसे, निबुवाटार, भीमफेदी र कोगटे इपाको गाउं कमिटिको बैठक, पौष महिना भर वडा कमिटिको गठन पुर्नगठन तथा संगठन बिस्तार कार्य रहने छ । यस गरी माघ महिना भर पार्र्टी प्रशिक्षण र फागुन महिनामा गाउँ वडा नगर जनपरिचालन अभीयान रहने छ ।

जिल्ला भर अभीयानको लागि १५ वटा टोली गठन गररिएको छ । सो क्रममा स्थानिय निर्वाचन, जन परीचालन तथा  ‘संबिधान कार्यान्वयनको लागि जन परीचालन’ गर्ने तथा भावी रणनीती बनाउने मुख्य कार्यमा केन्द्रित रहने उद्धेश्य रहेको कार्यक्रममा जिल्ला सल्लाहकार ठाकुर राम खडका, द्रोणभद्र पुडासैनी, नेपाल कम्यूनिष्ट पार्टी एमाले २ नंबर क्षेत्रिय कमिटि अध्यक्ष बिदुर हुमागाइ, जिल्ला स्थित स्थानिय विभाग सदस्य जहार सिं लामा, संघ संस्था विभाग सदस्य पार्वती राना, प्रचार प्रसार विभाग सदस्य सुरेन्द्रराज थीके लगायत भैसे, निबुवाटार, भीमफेदी र कोगटे इपाको गाउं कमिटि अध्यक्षको सहभागिता थियो ।  

अभियान भेलाले भेैंसेमा पञ्चमायां घलान,  निबुवाटारमा भगबती पुडासैनी, भीमफेदीमा श्री धर पोखरेल, कोगटेमा सानु थापा, इपामा सिताराम थापा लगायत सबै गाविसमा प्रचार प्रसार सम्प्रेशनको लागि सुरेन्द्र राज थीकेलाइ जिम्मेवारी प्रदान गरेको छ ।
-सुरेन्द्रराज थिके/भीमफेदी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)