nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बिहेका लागि कर गरेपछि प्रेमिकाको बिभत्स हत्या, प्रेमी-प्रेमिका दुबै विवाहित

murder-1623993791.jpg

प्रेमिकाले बिहेको लागि कर गर्न थालेपछि मोरङमा एक युवाले प्रेमिकाको बिभत्स ढंगले हत्या गरेको घटना सार्वजनिक भएको छ। हत्याको डेढ महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो।

रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दाले प्रेमिका कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३० वर्षीया सरीता सोरेनको हत्या गरेका हुन्। सुफल र सरीता दुबै बिवाहित भएका प्रहरीले जनाएको छ।

तीन वर्षअघि नै पतिको निधन भएपछि एकल जीवन बिताउँदै आएकी सरीता एक सन्तानकी आमा हुन् भने सुफलका घरमा दुईवटी पत्नी रहेका प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार गएको वैशाख १९ गते एकान्तमा भेटघाट हुँदा सरीताले बिहेका लागि कर गरेपछि सुफलले कुटपिट गर्दै घाँटी थिचेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ। हत्यापछि फरार रहँदै आएका सुफललाई प्रहरीले बुधबार सुदूरपश्चिमको कञ्चनपुरबाट पक्राउ गरेर मोरङ ल्याएको छ।

सरीता आफन्तको बिहेमा जानभन्दै वैशाख १७ गते घरबाट हिँडेकी थिइन्। त्यसको दुई दिनपछि उनको शव रतुवामाई–६ स्थित मकैबारीमा फेला परेको थियो। अनुहार, घाँटी र शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा महिलाको बीभत्स शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। अनुसन्धानका क्रममा त्यो शव सरीताको भएको खुलेको थियो।

सरीता कानेपोखरी–२ मा रहेको एउटा गाई फार्ममा काम गर्थिन्। उनीहरुबीच विगत ६ महिना अघिदेखि यौन सम्बन्ध रहँदै आएको अनुसन्धानबाट खुलेको छ।

एसपी खड्काका अनुसार घटनापछि फरार भएका सुफल लुकिछिपी भारततिर जाने योजनासहित कञ्चनपुर पुगेका थिए। निकै ठूलो मिहिनेतपछि उनलाई पक्राउ गर्न प्रहरी सफल भएको एसपी खड्काले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विगत छ महिनाअघिदेखि सुफल र सरीताबीच प्रेम सम्बन्ध रहँदै आएको थियो । प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरीताले कर गर्न थालेपछि दुई जनाबीच वादविवाद सुरु भएको पाइएको छ।

सरीताका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको छ। प्रहरीका अनुसार सरीताका श्रीमान र सुफल दुबै ट्रयाक्टर चालक र चिनजानका साथी थिए। साथीको मृत्यु भएपछि पुरानै चिनजानका आधारमा सुफल सरीतासँग नजिकिएका थिए।

आफूलाई बिहेका लागि दबाब दिएकाले सरीताको हत्या गरेको बयान सुफलले प्रहरीलाई दिएका छन्। सरीतासँग अवैध सम्बन्ध राख्दै आएका सुफलले भने त्यसअघि नै दुईवटा बिहे गरिसकेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनका घरमा दुई श्रीमती र तीन सन्तान छन्र

घरमा पत्नी र छोराछोरी रहेकाले आफूले सरीतासँग बिहे गर्न नमानेको बयान सुफलले प्रहरीलाई दिएका छन्।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)