nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

222-1597220033.jpg

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शारदा नगरपालिका–६ बरलामा एक युवक पक्राउ परेका छन् । बालिकाका बाबुको उजुरीका आधारमा प्रहरीले २७ वर्षीय प्रकाश परियारलाई बुधबार घरबाटै पक्राउ गरेको हो ।

परिवारले प्रहरीलाई जनाएअनुसार गत आइतबार आफन्तका छोराको जन्मदिन मनाउन गएका बेला बालिकालाई परियारले प्रलोभनमा पारी राति एकान्तमा लगेर बलात्कार गरेका थिए । बालिकाले सोमबार घटनाबारे बुबालाई बताएकी थिइन् । परियारलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रनाउ ढकेन्द्र खतिवडाले बताए ।

कालिमाटी गाउँपालिका–३ रामपुर घर भएका बालिकाका बुबा कामको सिलसिलामा १० वर्षदेखि बरला बस्दै आएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)