Tuesday, 16th June, 2026
वि.स.

बाफ रे ! नापीका सुब्बाको कमाई सवा ७ करोड

ghus-1591752310.jpg

नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरिएको छ। उनले साढे ५ करोड अकुत सम्पत्ति आर्जन गरेका छन्। २२ वर्ष सार्वजनिक सेवामा उनले ७ करोड १७ लाख ४१ हजार कमाएको देखिएको छ।  जसमा १ करोड ७४ लाख १४ हजारको मात्रै स्रोत खुलेका छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काफ्लेविरुद्ध ५ करोड ४३ लाख २७ हजार बिगो कायम गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोपमा विशेष अदालतमा मुद्दा दायर  गरेको छ।  

उनकी श्रीमति सुशीलालाई प्रतिवादी बनाइएको छ। भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशिलाको नाममा ३३ कित्ता भन्दा बढी जग्गा जमिन खरिद गर्दा रजिष्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्यून रकम देखाई जग्गाधनीलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा बिक्रेताको बयान र भुक्तानी भएका चेक तथा बैंक स्टेट्मेन्टबाट अकुत सम्पत्ति  पुष्टि हुन आएकोले अख्तियारले जनाएको छ। 

काफ्लेले २०५४ पुस  १ देखि २०७६ वैशाख ३० सम्मको अवधिमा १ करोड ७४ लाख १४ हजार वैध  आय आर्जन गरेको देखिएको छ। उनले  यो अवधिमा ७ करोड १७ लाख ४१ हजार कमाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। जसमा ५ करोडढ ४३ लाख २७ हजार  बराबरको ब्यय तथा लगानी (सम्पत्तिको स्रोत खुल्न नसकेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।  उनीविरुद्ध दुई वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्ति समेत जफतको माग दाबी गरिएको छ। 

काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको तथ्य प्रमाणबाट पुष्टि हुन आएको अख्तियारले जनाएको छ।  गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगोबाट खरिद गरी  काफ्ले र निजकी एकासगोलकी श्रीमती सुशीलाको नाममा राखेको पाइएको छ। 

 चलअचल सम्पत्ति तथा सोबाट बढे बढाएको सम्पत्ति कानून बमोजिम हुन आउने व्याजसमेत आरोपीको नाममा रहेको जग्गा जमिन तथा बैंक मौज्दातबाट असुल उपर गरी जफत गर्न मागदाबी लिने आरोप पत्रमा उल्लेख छ। 

 जफत गर्ने प्रयोजनको लागि मात्र  सुशीलालाई समेत प्रतिवादी कायम गरी निजको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न मागदाबीसहित  विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ। 

-अन्नपूर्णबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०