Tuesday, 16th June, 2026
वि.स.

बागमती प्रदेश रजधानी हेटौंडामा रासायनिक मलको हाहाकार

२० किलो मल पाउने आशमा २७ जेठ बिहानैबाट हेटौँडामा भिड लागेको छ । बागमती प्रदेश राजधानीमा मल नपाएपछि किसानहरु दिनभर लाइनमा छन् । मल वितरण केन्द्र हेटौँडा ४ को भुटनदेवी विद्यालय परिसर पारिजातपथदेखि भैरबरोडसम्म देखिएको छ ।

मल नपाएको भन्दै २६ जेठमा आन्दोलनमा उत्रिएका किसाहरुले २७ जेठमा प्रतिब्यक्ति २० किलोको दरले मल पाउने भएपछि विहानैबाट भिड भएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत प्राप्त ४२० बोरा मल मध्ये ६० बोरा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ लाई पठाएको छ भने बाँकी ३६० बोरा मल हेटौंडा–४, पारिजातपथस्थित किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत वितरण गरिँदैछ ।

मल वितरणको विषयमा प्रतिक्रिया दिँदै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफुहरुले सकेसम्म ब्यवस्थीत ढंगबाट मल वितरणको प्रयास गरिरहेको बताए । उच्च माग भएको तर आवश्यक मात्रामा मल नआएको कारण समस्या भएको उनको भनाई छ । .