Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशको प्रत्येक स्थानीय तहको ३ सामुदायिक विद्यालयमा नर्स

school-nurce-1613198319.jpg

बागमती प्रदेश सरकारले नमुना कार्यक्रमको रुपमा प्रदेशका १३ जिल्लाका सामुदायिक माध्यमिक विद्यालयबाट सुरु गरेको विद्यालय नर्स कार्यक्रमअन्तरगत प्रत्येक स्थानीय तहलाई ३ नर्स खटाएको छ ।

प्रदेशका ११९ वटा स्थानीय तहमा उक्त कार्यक्रम विस्तार गरिएको हो । बागमती प्रदेशका सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

नर्सले विद्यालयमा जंकफुट खान रोक लगाएका छन् भने सरसफाई र स्वास्थ्य चेतनाको विषयमा जानकारी गराउँदा विद्यालयको जीवनशैलीमा परिवर्तन देखिएको छ ।

प्रदेशमा रहेको ११९ वटै स्थानीय तहमध्ये काठमाडौंमा ११, मकवानपुरमा १०, काभ्रेपलान्चोकमा १३, चितवनमा ७, दोलखामा ९, धादिङमा १३, नुवाकोटमा १२, भक्तपुरमा ४, रसुवामा ५, रामेछापमा ८, ललितपुरमा ६, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ९ स्थानीय तह रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, काठमाडौंमा ३३ जना, मकवानपुरमा ३०, काभ्रेपलान्चोकमा ३९, चितवनमा २१, दोलखामा २७, धादिङमा ३९, नुवाकोटमा ३६, भक्तपुरमा १२, रसुवामा १५, रामेछापमा २४, ललितपुरमा १८, सिन्धुपाल्चोकमा ३६ र सिन्धुलीमा २७ जना गरी २ सय ३८ जना नर्स स्थानीय तहमा खटाइएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशभर २० नर्सलाई सेवा दिन खटाएको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा १ सय १ जना नर्सलाई सेवा दिन खटाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

प्रदेशमा हाल १ हजार ३ सय ५० वटा सामुदायिक माध्यमिक विद्यालय छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)