nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशका सबै विद्यालयबाट आईसोलेशन र क्वारेन्टाइन हटाइने

PIc-1597163386.jpg

विद्यालयबाट आईसोलेशन हटाउने निर्णय अनुसार बागमती प्रदेशमा पनि स्थानन्तरण हुने भएका छन । आईसोलशसन हटाउने निर्णय कार्यान्वयन गर्न हेटौंडाको श्रमिक माध्यमिक बिद्यालयबाट हेटौंडाको केन्द्रिय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को छात्राबासको भवनमा स्थानान्तरण गरिने भएको छ । 

गौरीटार रंगशालाको छात्राबासमा स्थापना गरिन लागेको स्थानमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्वयम् पुगेका छन् । स्थानको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले यसलाई छिटोभन्दा छिटो स्थानान्तरण गर्न निर्देशन दिए । प्रदेशमा कोरोना सङ्क्रमण फैलन सक्ने तर्फ सचेत हुन आग्रह गर्दै उहाँले प्रदेश सरकारले पुर्ण सहयोग गर्ने बताए । 

यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालले छात्राबास सङ्गै बन्दै गरेर अन्तिम चरणमा रहेको कभर्डहलमा समेत संक्रमित राख्न सकिने भन्दै यसलाई आवश्यकता अनुसार निर्माण गरिने जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यसको व्यवस्थापनमा जनशक्ति, आर्थिक लगायतका काममा सहयोग हुने बताए । निरीक्षणमा प्रदेशका प्रमुख सचीव डाक्टर मानबहादुर विश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, चिकित्सा महाशाखा प्रमुख डाक्टर पुरुषोत्तम सेढाई, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रवीण श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं लगायत सहभागी थिए । 

यसैगरी प्रदेशका अन्य जिल्लामा विद्यालयमा रहेका आईसोलेशन र क्वारेन्टाइन पनि हटाएर अन्य स्थानमा राखिने भएको छ । बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले सोमबारमात्र बिद्यालयबाट आइसोलेशन र क्वारेन्टाइन हटाउने निर्णय गरेको थियो । २७ साउनबाट नै सो निर्णय कार्यान्वयनमा प्रदेश सरकार लागिसकेको छ ।