Wednesday, 23rd September, 2026
वि.स.

बागमती प्रदेशका मन्त्री फुयाँललाई मातृशोक

PH-1622395185.jpg

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँललाई मातृशोक परेको छ । 

नेकपा एमालेका केन्द्रीय सदस्य फुयाँलकी आमा नन्दकुमारीको १६ जेठ विहान सवा ९ बजे निधन भएको मन्त्री फुयाँलको स्वकीय सचिव विकेश फुयाँलले जानकारी दिए । ८९ वर्षिया मन्त्री फुयाँलकी आमाको कागेश्वरी मनाहरा नगरपालिका–२ स्थित आफ्नै निवासमा निधन भएको स्वकीय सचिव फुयाँलले जानकारी दिए । उनलाई केही वर्षदेखि दमको रोग थियो । 

नन्दकुमारीकी दुई छोरा र तीन छोरी छन् । मन्त्री फुयाँलको बाबुको पनि यसअघि नै निधन भैसकेको छ ।

मन्त्री फुयाँलकी आमाको निधनमा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले दुःख व्यक्त गर्दै उनको निधनको खबरले मर्मात तुल्याएको बताए । उनले भने–‘उहाँको निधनले हामी अत्यन्तै दुःखित भएका छौँ । दुखको यस घडीमा स्वर्गीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०