Wednesday, 23rd September, 2026
वि.स.

बलात्कार प्रयासपछि बालिकाको हत्या

balika-1617878803.jpg

 मुगुको सोरु गाउँपालिका-९ कालै गाउँकी नौ वर्षीया एक बालिकाको बलत्कार प्रयासपछि हत्या भएको खुलेको छ। 

सोरु गाउँपालिका(९ कालै स्थाई ठेगान भएर अहिले सोही गाँउपालिका-८ तारानीमा बस्दै आएका  सिद्धिलाल चौलागाईकी  नौ वर्षीया छोरी लक्ष्मी चौलागाईलाई सोही गाउँपालिका-८ का २० वर्षीय प्रवेश रावलले चैत्र २१ गते बलात्कारको प्रयासपछि हत्या गरेको खुलेको हो। 

चैत्र २१ गते साँझ ५ बजेपछि घरबाट अन्दाजी पाँच सय मिटर टाढा शौच गर्न लागेका बेला मदिरा सेवन गरेका आरोपित रावलले बलात्कारको प्रयास गर्दा अस्वीकार गरेपछि हत्या गरेको खुलेको हो। बलात्कार प्रयासलाई बालिकाले अस्वीकार गरेपछि आक्रमण गर्दा बेहोस् भएकी बालिकालाई मुगुको कर्णाली नदीमा फालेको आरोपितले स्वीकार गरेका हुन्। 

आरोपितले  रावलले  प्रहरीलाई बयानको क्रममा हत्या स्वीकार गरेका हुन्। जिल्ला प्रहरी कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डीएसपी चित्रबहादुर भट्टराईले आरोपितले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको जानकारी दिए। 

चैत्र २१ गते दिउँसो आमासँग  घर नजिकको खोलामा नुवाईधुवाई गरेकी बालिका साँझ ५ बजे तिर घरबाट  ५ सय मिटर टाढा घाट भन्ने स्थानमा गएको स्थानीयले देखेका थिए।

बलात्त्कारको प्रयास गर्दा बालिका चिच्याउन थालेपछि घटना बाहिरिने डरले आक्रमण गर्दा ढुंगामा टाउको ठोक्किएर बेहोस् भएपछि  उनलाई नदीमा फालेको प्रहरीसँगको बयानमा आरोपितले स्वीकार गरेको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए।  



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०