nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बज्रवाराही माविमा ३ करोडको लगानीमा विद्यालय भवन बन्ने

labbba-1617203752.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ को बज्रवाराही माविमा ११ कोठे विद्यालय निर्माण हुने भएको छ । आपतकालिन विद्यालय पुर्ननिर्माण आयोजना अन्तर्गत जाइकाको सहयोगमा भवन निर्माण हुने भएको हो । विद्यालय भवनको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले १८ चैत्रमा एक समारोहकाबीच शिलान्यास गरे । 

३ करोड १० लाख ८७ हजार १८७ रुपियाँ लागत अनुमान गरिएको ११ कोठे भवन सुबिधा सम्पन्न भवन निर्माणको ठेक्का शर्मा ए.एम.जेभि काठमाडौले पाएको छ ।विद्यालय भवन  वि.सं. २०७९ श्रावण महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । राष्ट्रिय पुर्ननिर्माण जिल्ला आयोजना कार्यन्वयन ईकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्री बहादुर पाठकको विशेष आतिथ्यतामा भएको कार्यक्रमका अतिथि तथा सहभागीहरुलाई विद्यालयका प्रधानाध्यापक रमेश मान डंगोलले स्वागत गरेका थिए । 

शिक्षक निराजन गोपालीको संचालनमा भएको  कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष  शशिधर सुवेदी जिल्ला आयोजना  कार्यान्वयन  इकाई  शिक्षा मकवानपुर का प्रमुख बद्री  बहादुर  पाठक र नगर  प्रमुख  लवशेर बिष्टले मन्तब्य व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  ईश्वर लाल रुम्बाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाहरुका प्रमुखहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)