Tuesday, 22nd September, 2026
वि.स.

बज्रवाराहीमा १ सय १० जनाले रक्तदान गरे

Raktadan-1613140413.jpg

मकवानपुर थाहा नगरपालिकाको बज्रबाराहीमा भएको रक्तदान कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका छन् । 

बज्रवाराहीमा क्रियाशील प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्त संचार सेवाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रम थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शशीधर सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी सुवेदी, नेपाल रेक्रस सोसाइटीका केन्द्रीय निर्देशक धर्मदत्त विडारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

नेपाल रेडक्रस सोसाइटी बज्रवाराही उपशाखा, रोटरी क्लब अफ वेस्ट काठमाण्डौ, बज्रवाराही पुर्व विद्यार्थी संगठन तथा बज्रवाराही हार्डवयरको सहकार्यमा भएको रक्तदान कार्यक्रम सहकारीका अध्यक्ष राजेन्द्र विडारीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०