Tuesday, 16th June, 2026
वि.स.

बजेट वक्तव्यः मकवानपुरमा चित्लाङ–थानकोट सहित दुई सुरुङमार्ग

surung11_copy-1590760438.jpg

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरुङ निर्माणलाई बजेट विनियोजन गरेको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणलाई अघि बढाउने जनाएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण सुरु गरिनेछ । खुर्कोट–चियाबारी, बीपीनगर–खुटिया–दिपायल, गणेशमान सिंह मार्गको थानकोट चित्लाङ खण्डको सम्भाव्यता अध्ययन गरिने बजेट भाषणमा भनिएको छ ।

लामाबगर लाप्चे सडक खण्ड, प्रदेश सरकारसँगको सहकार्यमा कुलेखानी–भीमफेदी सडकखण्डमा सुरुङ निर्माणको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाइने बजेट वक्तव्यमा उल्लेख छ । काठमाडौं–नुवाकोट–रसुवा सडकको टोखा–छहरे खण्ड र बेत्रावती–स्याफ्रुबेंसी खण्डमा सुरुङको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण सुरु गरिने छ । सुरुङ आयोजनाका लागि ६ अर्ब ४२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले १५ जेठमा संघीय संसद्का दुवै बैठकमा जानकारी गराए ।

अत्यधिक ट्राफिक जाम हुने काठमाडौंको तीनकुने–कोटेश्वर–जडिबुटी खण्डमा फ्लाइओभर तथा सुरुङको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण थालिनेछ । नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म सवारी सहज गर्न उपयुक्त विकल्प पहिचान गरी निर्माण सुरु गर्न बजेट विनियोजन गरिएको छ । केही समयअघि यी क्षेत्रको प्रारम्भिक अध्ययन गरिएको थियो ।

र यो पनि पढ्नुहोस:
थाहानगरलाई काठमाण्डौं जोडन चित्लाङ–थानकोट सुरुङमार्ग



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०