nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरलाई काठमाण्डौं जोडन चित्लाङ–थानकोट सुरुङमार्ग

मकवानपुर थाहा नगरपालिकाको चित्लाङलाई काठमाण्डौं जोड्ने छोटो दुरीको चित्लाङ–थानकोट सुरुङमार्गको सम्भाव्यता अध्ययन तत्काल हुने भएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रममा समेटिएको उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन पश्चात् मात्र निर्माण थालिने भएको हो ।  

संघीय सरकारले चालु आर्थिक वर्षका लागि प्रस्ताव गरेको चित्लाङ–थानकोट सुरुङमार्ग निर्माणको आवश्यक प्रक्रिया अघि बढाउन मकपानपुर क्षेत्र नं. २ का संसाद विरोध खतिवडा, थाहा नगरपालिकाका प्रमूख लवशेर विष्ट, सांसद रामनारायण विडारी सहितको टोलीले आग्रह गरेको हो । सुरुङमार्ग निर्माण प्रक्रियाका लागि प्रारम्भमा संभाव्यता अध्ययन तत्काल थालिने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले टोलीलाई जानकारी गराए । 

नेपाल सरकारले थाहानगरलाई अघिल्लो आर्थिक वर्ष नै पर्यटकीय पहिचान सहितको शहरको रुपमा घोषणा गरेको थियो । पर्यटकीय आवागमनलाई वृद्धि गर्न पनि चित्लाङ–थानकोट सुरुङमार्गको ठूलो महत्व हुने बताइएको छ । यो सुरुङमार्ग चित्लाङबाट थानकोटसम्म एकजार छसय मीटर (१.६ कि.मि.) मात्र हुने अनुमान छ । चालु आर्थिक वर्षको कार्यक्रममा रहेको सुरुङमार्गको प्रक्रिया अघि बढाउन थाहा नगरपालिकाको तर्फबाट पहल थालिएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । प्रमुख विष्टले सुरुङमार्ग नगरकै गौरबको योजनाको रुपमा लिइएको प्रतिक्रिया दिदै भने–‘अब थाहानगर काठमाडौको विस्तारित शहर बन्छ ।’ चित्लाङ–थानकोट सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रक्रिया अगाडी बढ्नु उक्त आयोजान निर्माणको शुरुवात हो, विष्टले भने । आयोजना यथासिघ्र निर्माण गर्न सबैले सहयोग गर्नुपर्ने थाहानगरका प्रमूख विष्टको भनाइ छ । सुरुङमार्ग निर्माण भएपछि थाहा नगरबासीको जीवनस्तरमा आमूल परिवर्तन आउने विष्टले विश्वास गरे । उनले भने, सुरुङ संचालनमा आउँदा थाहाको अर्थतन्त्रमा नै परिवर्तन आउने भएकोले सकारात्मक परिवर्तन देखिने हुँदा आयोजना सम्पन्न गर्न दिलो ज्यान दिएर लाग्नेछु । अहिले चित्लाङ–   चन्द्रागिरी–थानकोट सडकमार्ग पनि निर्माण भइरहेकोले र सडक र सुरुङलाई संगै विकास गर्न सके विकासका दुई ढोका खुल्ने प्रमुख विष्टले बताए । विकासका पूर्वाधार–‘सुरुङ र सडक’ सम्पन्न गर्न सके काठमाण्डौंको जनसंख्याको चाप समेत न्युनीकरण हुने तथा थाहानगर र इन्द्रसरोवर गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने नगर प्रमुख विष्टको भनाइ छ । थाहानगर काठमाण्डौबाट छोटो दुरी र सहज आवागमन खुल्ला गर्नसके थाहाबासीको आर्थिक वृद्धिदरमा समेत टेवा पुग्ने छ ।

सुरुङमार्ग निर्माणका लागि संघीय सरकारको नीति तथा कार्यक्रममा आएको भएपनि यसलाई घचघच्याउन आवश्यक भएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले बताए । थाहा र इन्द्रसरोवरका लागि मुख्य विकासकै ढोकाको रुपमा रहेको चित्लाङ–थानकोट सुरुङमार्ग निर्माण थाल्न आफूले पनि केन्द्रमा कुरा गर्दै गरेको बताउँदै अब सामूहिक दबाब सृजना गर्नुपर्ने अध्यक्ष लामाको भनाइ छ । लामाले भने–‘भूमि थाहानगरमा भएकोले थाहानगरका प्रमुखले यसको नेतृत्व गर्नुपर्छ, हामी साथ दिन्छौं, संयुक्त रुपमा उक्त सुरुङ निर्माणका लागि दबाब सुरु गरौं ।’ काठमाण्डौबाट छोटो दुरीमा थाहा र इन्द्रसरोवर आइपुग्ने बाटो उक्त मार्ग बन्न सके मुख्य गरी पर्यटन उद्योगका लागि कोशेढुङ्गा सावित हुने अध्यक्ष लामाको तर्क छ ।

पर्यटकका लागि सबैभन्दा महत्वपूर्ण कुरा सहज आवागमन नै भएकोले सुरुङ मार्ग निर्माण गर्न सके चित्लाङ र आसपासका पर्यटन व्यवशायीलाई ठूलो फाइदा मिल्ने होटल व्यवशायी रामशरण नेपालले बताए । उनले भने,–सुरुङ मार्ग खुले आन्तरिक भन्दा पनि बाह्यि पर्यटकको उपस्थिती बढ्नेछ । नेपाल थप्छन्–‘आवागमन सुरक्षित र छिटो हुने वित्तिकै हामी काठमाण्डौंमै बुकिङ काउण्टर राखेर पर्यटक भित्र्याउन सक्छौं, यसका लागि सुरुङमार्ग ठूलो उपलब्धि हुनेछ ।’
 



https://thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।